शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता

3.42K
shares

काठमाडौं। झापाको बेलडांगीमा शनिबारदेखि  भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता आयोजना हुन लागेको हो ।

फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उदेश्यले भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा ७० जनाले डिजिटल अडिसन दिएकामध्ये २० जना छानिएका थिए ।

जसमध्ये शनिबार हुने पहिलो चरणको प्रतिस्पर्धामा डिजिटल अडिसनबाट छनोट भएका २० जनाले सहभागीता जनाउने छन् । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। कार्यक्रममा पहिलो भुटनिज गायक प्रताप सुब्बाको पनि उपस्थिति रहनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख , द्वितीय हुनेले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै विजेताहरू सबैलाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा)  र डिस्काको पनि सहयोग रहेको छ। १५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन्।

कार्यक्रमको स्थानिय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ। प्रतियोगिताको फाइनल जुलाईमा हुने बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभीजन इटहरीबाट हुनेछ । त्यस्तै कार्यक्रम नक्षेत्र फाउण्डेसनको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083