सरोज पौडेलद्धारा निर्देशन गरेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेदेखि प्रदर्शन हुँदै

7.42K
shares

काठमाडौं। सरोज पौडेलद्धारा निर्देशन गरेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक भएको छ। साथै यो फिल्म जेठ २६ गतेदेखि प्रदर्शन हुँदैछ। नेपाल बाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि प्रदर्शन हुँदैछ ।

ओएसआर डिजिटल युट्युव च्यानल मार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो। सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी, अन्तरजातिय प्रेममा आउने उतारचढाव र बेरोजगारीले निम्त्याउने समस्यालाई देखाइएको छ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।

दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काको लगानी रहेको छ।

भिडियो सहित


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083