किन्जललाई लिटिल मिस एन्जेलको उपाधि

3.21K
shares

काठमाडौं । कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छन् । उनले उपाधिसँगै २५ हजार रुपैंयाँ र पुरस्कार पाइन् ।

त्यस्तै एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनरअपमा चित्त बुझाइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगितामा सहभागी ३५ प्रतियोगी आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पहिरनमा उपस्थित थिए ।

सांस्कृतिक संस्थानका महानिर्देशक अशोकप्यासी राईको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका निर्णयकमा युरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यु जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापा थिए ।

नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सनौलो अवसर मिलेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083