क्रिसमस इभमा क्लब प्लेब्याईमा गायक सुगम पोखरेलले प्रस्तुती दिने

Nepal Life Insurance Long Ad

काठमाडौं । ठमेलस्थित छाँया कम्प्लेक्समा रहेको प्ले ब्वाई लाउन्ज एन्ड क्लव मा ‘क्रिसमस इभ’ मा गायक सुगम पोख्रेलले प्रस्तुती दिने भएका छन् ।

काठमाडौं को छायासेन्टरमा रहेको क्लव प्ले व्याईमा ‘क्रिसमस इभ’ अर्थात डिसेम्वर २४ आइतबारको दिन गायक सुगम पोख्रेल र बाजागाजा ब्याण्डले प्रस्तुती दिने भएका छन् । कार्यक्रम रातको ८ बजे देखी सुरु हुने क्लव प्ले व्याईले जनाएको छ ।

सुगम पोख्रेलले बिभीन्न चर्चित गीतहरु ‘तिमी म भन्दा’ , ‘फेरि त्यो दिन’ , ‘सुरुवात’ , ‘शुभ दशै ‘ , ‘कति दिन बिते’ , ‘रुन्न भन्थे कहिले ‘लगायत गाएका छन् । उनका गीतहरु नेपाली दर्शक श्रोतामाझ एकदम लोकप्रिय छ ।

पोख्रेलको प्रस्तुतीपछि क्लवका डिजे कुश , डेन्जोङ र एल्भिसले हलिउड तथा बलिउड गानाले रातभर नचाउने छन् । उक्त दिन ग्राहकहरूले गाडि तथा मोटरसाइकल पार्किङ्ग गर्दा शुल्क नलाग्ने क्लव प्ले व्याईले जनाएको छ ।

साथै नया वर्ष २०२४ मा मङ्गोलीयन हार्ट राजु लामाले प्रश्तुती दिने संचालक सन्तोष श्रेष्ठले बताए ।

३० मंसिर २०८०, शनिवार २०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु