नेपाल बैंक डिल्लीवजार शाखाका पूर्व प्रबन्धक पक्राउ

9.37K
shares

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीले नेपाल बैंक लिमिटेड डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ ।

सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई व्यूरोको टोलीले पुस ११ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोइरालाले शाखा प्रमुख हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको सिआइवीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083