काँग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित
वि.सं.२०७८ मंसिर १३ सोमवार १२:३०
shares

नेपाली काँग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका हुन् । पन्थी निवर्तमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षसँग निकट थिए भने पराजित हुने थापा देउवा पक्ष निकट मानिन्छन् ।जिल्ला निर्वाचन समितिका अनुसार दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै, दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदीश भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सह–सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।






























