एमाले चुनावको रौनक : उम्मेदवारले धमाधम मनोनयन दर्ता गराउँदै

6.1K
shares

नेकपा एमालेको १० औं महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएको हो । एमालेको महाधिवेशन अन्तरगत चुनावी कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । जसअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् ।

एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेपछि त्यसमा मनोनयन दर्ता गराउनुपर्ने छ भने उम्मेदवारी नपरेको पदमा सर्वसम्मत हुनेछ ।

अहिलेसम्म ५० जनाको मनोनयन दर्ता भयो । एमालेमा केन्द्रीय कमिटी दुई आयोग गरी ३५१ पदमा निर्वाचन हुँदैछ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083