नफाल्नुहोस् केराको बोक्रा, यी काममा प्रयोग हुन्छ
वि.सं.२०७५ कात्तिक २२ बिहीवार १०:०५
shares

काठमाडौं । के तपाईँलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्युट्रियन्ट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको इन्जाइमले धेरै वस्तुको सफाइका लागि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारे ।
१) डार्क सर्कल हटाउन – आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।
२) पहेंलोपन हटाउन – केराको बोक्राले पहेले भएको दाँतमा घोट्नु होस्, दाँतको पहेंलोपन हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।
३) जुत्ता चम्काउन – केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ ।
४) डन्डिफोर हटाउन – केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।
५) बिरुवा बढ्छ – केराको बोक्रालाई मलको रुपमा बिरुवामा हालेमा चाँडै बिरुवा बढ्छ ।
६) स्क्र्याच हट्छ – सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।
७) सजिलै सफा गर्न – चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।
८) छिटो पाक्छ मासु – मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउन मद्दत गर्छ ।
९) कुर्कुचा फुटेको – केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ












