रोनाल्डोको युभेन्टस म्यान्चेस्टरसँग पराजित, नकआउट चरण पुग्ने अवसर गुम्यो

5.6K
shares

एजेन्सी । जारी युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा युभेन्टसलाई हराउँदै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । गएराति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लबविरुद्ध उत्कृष्ट गोल गरेका थिए । तर खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।

युनाइटेडका लागि जुहान माटाले ८६ औं मिनेटमा शानदार फ्रि किकमा बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो । पाउल पोग्वाले प्रहार गरेको फ्रि किक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083