शङ्खधर साख्वा : न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री

6.12K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन्। नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उहाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए।

त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ, ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्। साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउदै आएको बताएका छन्।

शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उनी शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल हुनुभएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन्। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083