फैलँदै डेंगुको संक्रमण : सचेत रहन चिकित्सकको आग्रह

5.69K
shares

काठमाडौं । गत वर्ष माहामारीको रूपमा देखिएको डेंगु ज्वरो यसवर्ष पनि हिउँदेयाम सुरु भएसँगै देखिन थालेको छ । कास्की, धादिङ , काठमाडौं, सर्लाही, चितवन लगायतका जिल्लामा डेंगु ज्वरो देखिन थालेको हो । एडिस जातको लामखुट्टेको टोकाईबाट डेंगुज्वरो फैलने हुनाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

गत वर्ष डेंगु ज्वरोबाट हजारौँ पीडित भएका थिए भने कतिपय रोगीको मृत्यु भएको थियो । यसवर्ष डेंगुको कारण मानिसको मृत्यु नभए पनि कतिपय स्थानमा डेंगु ज्वरो नियन्त्रण बाहिर गएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले यो वर्ष पोखरा र काठमाडौँमा डेंगु ‘आउटब्रेक’ भएको जानकारी दिनुभयो ।

केहीदिन अघि मात्र काठमाडौँको वनस्थली क्षेत्रका १० जना बिरामी अस्पताल भर्ना भएको जानकारी पनि उहाँले दिनुभयो । अस्पतालका निर्देशक डा पाण्डेले पोखराबाट सुरुमा दुई जना मात्र विरामी भर्ना भएकोमा केही दिन यता २० जना भर्ना भएको बताउनुभयो । पोखराका २५० जनामा डेंगु परीक्षण गर्दा पोजेटिभ पाइएकाले ती बिरामीको स्थानीय अस्पतालमा भर्ना गरिएको जानकारी पनि उहाँले दिनुभयो ।