हरेक वर्ष बढ्दै साइबर अपराध

२०७५ कात्तिक २६ सोमवार
912
shares
काठमाडौं । साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । पीडित हुनेमा अधिकांश महिला छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गएको ४ वर्षमा साइबर अपराधबाट ३ हजार ७ सय ८७ सर्वसाधारण पीडित भएका छन् । जसमध्ये ९९ प्रतिशत पीडित १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिला छन् ।
महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताए । ‘साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । विशेषगरी ११ र १२ कक्षा अध्ययन गर्ने विद्यार्थी ज्यादा पीडित भएको देखिन्छ ।
महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–७५ मा महाशाखाले मात्रै साइबर अपराधबाट पीडित १ हजार ४ सय ८२ लाई उद्धार गर्यो । यो संख्या अघिल्लो आर्थिक वर्ष भन्दा २३ दशमलव ६४ प्रतिशतले धेरै हो । आव ०७३–७४ मा महाशाखाले १ हजार १ सय ९७ पीडितको उद्धार गरेको थियो ।

२०७५ कात्तिक २६ सोमवार