बिहान उठ्दा वाकवाकी लाग्छ ? अप्नाउनुहोस् यी घरेलु उपचार विधि

Nepal Life Insurance Long Ad

काठमाडौं । अदुवा सबैभन्दा बढी स्वस्थकर बस्तु हो। अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ। दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ। अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ।

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ । सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ।

विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ। अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ। अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता मर्निङ सिकनेसका समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ ? अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ। अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ। यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो।

महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ। रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ। अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ। अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ।

तपाईलाई भोक लागेको छैन ? यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ। यसले पाचन प्रणालीलाई बलियो बनाउँछ। पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ ? तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस्।

बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ। यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ। घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस्। बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा।


सिन्धुली प्रहरीद्वारा  निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

सिन्धुली प्रहरीद्वारा निरन्तर उत्कृष्ट काम, वि.पि.राजमार्गमा सवारी चलाउने चालकको आँखा परीक्षण

२०८१ साउन २३ बुधवार

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निरन्तर उत्कृष्ट कामकाे शुरुवात...

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ असार २३ आइतवार

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

२०८१ असार १ शनिवार

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल जावलाखेलको...

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

निरन्तर जनताको सेवामा प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख डिएसपी शिवराज बुढाथोकी !

२०८१ असार १ शनिवार

काठमाडौ । प्रहरी वृत नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक...

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

स्वास्थ्यले पायो ८६ अर्ब २४ करोड बजेट

२०८१ जेठ १५ मंगलवार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत...

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

२०८१ जेठ ७ सोमवार

राेल्पा । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं.४ लिबाङ स्थित...