क्रिकेटर सन्दिपको व्यवसायिक फड्को : ५० हजार डलरमा बिक्री

5.28K
shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन्। लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको हो। लाहोर कलन्दर्सको कप्तान चर्चित खेलाडी एबी डिभिलियर्स हुन्।

चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी वर्ष २०१९को फेब्रअरी १७ मा सुरु हुँदैछ। खेल एक महिनासम्म चल्नेछ। लिगमा नेपाली टिमका चर्चित बलर सोमपाल कामी पनि अक्सनमा परेका छन्। तर उनलाई यो समाचार तयार पार्दासम्म कसैले टिममा समावेश गरेको छैन्।

इन्डियन प्रमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्सबाट डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि पछिल्लो समय उनलाई एक पछि अर्को सफलता मिलिरहेको छ। हाल उनी ग्लोबल टी–२० क्यानडा, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र बिग ब्यासमा अनुबन्ध भइसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083