बिमारीले सेवा कहिले पाउने,महाकाली अञ्चल अस्पतालमा चार महिना देखि औषधी अभाव!

6.72K
shares

कञ्चनपुर। महाकाली अञ्चल अस्पतालमा चार महिना देखि औषधी अभाव भएको छ। औषधी नहुदा विरामीले चर्को मुल्यमा निजी औषधी पसल बाट औषधी खरिद गरी प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ।

अस्पतालमा औषधी वितरणको जिम्मा पाएको समाजीक सेवा इकाइका सहायक रमेश चन्दले औषधीको लागी माग फारम भरेको चार महिना भई सक्दा समेत औषधी उपलब्ध हुन नसकेको बताए। औषधी वितरण शाखामा रहेका औषधी राख्ने दराजहरु सबै खाली रहेका छन । अस्पतालमा उपचारका लागि पुगेका महाकाली नगरपालीका ४ का सर्बसाधारण निःशुल्क उपलव्ध हुने औषधी नपाउँदा बाह्य मेडिकल बाट खरिद गर्दा खेरि आफु मारमा परेको बताए। अस्पतालका मेडिकल डा. श्रीकृष्ण भट्टले छिट्टै औषधी आपूर्ति गर्नका लागि प्रकृया अगाडी बढेको बताए। औषधीको अभाव पुरा गरी छिट्टै सर्वसाधारणलाई सेवा दिन सेवाग्राहीले सरकार र अस्पतालसँग आह्वान समेत गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083