मास्के र रायमाझीले रुसमा हुने फुटबलमा नेपालीको प्रतिनिधित्व गर्ने

२०७५ वैशाख ५ बुधवार
1.2K
shares
काठमाडौँ । दुई नेपालीले जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिने भएका छन् । ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिप अन्तर्गत मैत्रपूर्ण खेल हुने छ । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफं) १२ वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएको हो।
फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिका बीच एक अर्काको संस्कृती आदानप्रदान हुने बताएको छ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको हो ।

२०७५ वैशाख ५ बुधवार