युवाले नेतृत्व हत्याउने बेला आएन र ?: विनोद घिमिरे

Nepal Life Insurance Long Ad

युवा भन्नाले सामान्यतया १५ देखि ३९ वर्ष समुहका मानिसहरुलाई बुझ्ने गरिन्छ तर मेरो विचारमा युवा त्यो हो जोसँग जिज्ञासु भाव अनुसन्धानमूलक चित्र, कर्मशील हात र समय सुहाउँदो तार्किक उत्पादनमुलक सोच विचार हुन्छ जो साहसी छ र कुनै पनि किसिमका डरबाट भाग्ने काम गदैन । पश्चिमका प्रख्यात दर्शनिकले भनेका छन् – युवा त्यो हो जो खतरादेखि डराउँदैन ।

राष्ट्र निमार्णमा युवा वर्गको सर्वोच्च र महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । युवासँग त्यो आदम्य साहस हुन्छ जुन तेलले नै विकासको रेल अघि बढ्दछ । डा. योगी विकासनन्दले भनेका छन् संसारलाई बदल्नु छ त सुरु आफैँबाट गर्नुछ । उसैगरी गर्न सकिन्छ भने राष्ट्रलाइ परिवर्तन गर्नुछ त युवाहरुकने परिचालन गर्नुपर्छ । युवाहरुको जिवन्त स्रोत तथा शक्तिलाई अघि ल्याउन सके राष्ट्र समुज्वल र शान्त हुन्छ । युवाले पहाडलाई फोरेर मैदान बनाउन सक्छ । युवाले मरुभमिमा हरियाली वातावरण छाउन सक्छ र युवाले सगरमाथाको शिरमा पुगेर उत्प्रेरणा जगाउन सक्छ ।

कुनैपनि देश कत्ति सम्पन्न र शक्तिशाली छ ? भन्ने कुरा त्यो देशको विकासको गति रेखाले निर्धारण गर्छ । यदी विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न सक्दैन वरु गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि अनेक कष्ट झेलिरहेको हुन्छ ।

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति विश्वमा कहिले हुँदैन विफल भनेझैँ युवा आफूभित्र रहेको जिवन्त तरुणतालाई सकारात्मक तवरले उपयोग गर्न सक्नुपर्छ । राष्ट्र निमार्णका निम्ति राजनीतिक, आर्थिक, प्रशासनिक, प्राविधिक इत्यादि क्षेत्रहरुमा युवाको पहुँचतालाई बढाउनु जरुरी छ ।

“उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक” भनेझैँ हरेक युवाले आफूभित्र रहेको साथै खोज, रुचि, चाहना क्षमता अनि दक्षता अनुसारको लक्ष्य लिन आवश्यक छ । लक्ष्य लिँदा हरेक युवा एक ठाउँमाजम्मा भई राष्ट्रको आवस्था के कस्तो छ त भनेर विचार विर्मश राख्न आवश्यक छ ।

आज गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन । हरेक बर्ष भारत, चीन र विदेशवाट अन्न, फलफूल, तरकारी किनेर ल्याउनु परेको छ । लाखौं युवाहरु जीन्दगीभर हड्डी घोटेर बुढ्यौलीमा टेकेका आमा, वुवा, कलिला वच्चा र सुत्केरी श्रीमतिलाई भत्कन लागेको घरमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन । काठमाडौंको त्रिभूवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा वगाउँदै सुक्कसुक्क रुदै परदेशी बनेका युवाहरु देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ । आँखाहरुमा पीडा, वेदनाका आँसुहरु छचल्किन्छ ।

यदि विकासको गति तीव्र छ भने सजिलै सुख, शान्ति, समृद्धि छाउँछ । देशका नागरिक सधै हाँसी, खुसी, मिलनसार, स्वस्थ्य, सक्षम, सवल, सिपयुक्त हुन्छन । चारैतिर विकासको समृद्धिको ढोका कसरी खुल्छ त ? विकासको मुलस्रोत कहाँबाट आउँछ ? विकसित देशका इतिहासका पाना पल्टाउँदै जाने हो युवा शक्ति नै देशको विकास र समृद्धिको मुहान हुन भन्ने पुष्टि हुन्छ ।

अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनु नै युवाको कर्तव्य हो । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट नै चल्नु पर्छ । त्यसले युवावर्गले निःस्वार्थ भावना र चाहनालाई मनन गर्दै देशमा ठूलो परिवर्तन निम्त्याउन सक्छौँ । यस्तै विज्ञान र प्रविधिको युगका कारण विश्वमा परिवर्तन आएता पनि त्यो केवल युवाहरुको जोश जाँगरले मात्र सम्भव भएको हो । युवा शक्तिको प्रयोग गरी देश निर्माण गर्नु नै उज्ज्वल भविष्यको सुनिश्चित गर्नु हो ।

युवाहरू हालका घटनाहरू र नवीनतम टेक्नोलोजीको साथ अप टु डेट छन्। त्यसोभए, तिनीहरू धेरै कामका लागि उपयुक्त छन्। आज युवाहरू जोखिम लिन, चुनौतिहरूको सामना गर्न र आफ्ना लक्ष्यहरू प्राप्त गर्न कडा प्रयत्न गर्न तयार छन्। तिनीहरू आफैंमा र आफ्ना क्षमताहरूमा विश्वास गर्छन् उनीहरूको उत्कटतालाई पेशामा बदल्न जुन उनीहरूलाई अधिक सफल बनाउँदछ। युवाहरू देशलाई राम्रो ठाउँ बनाउन चाहन्छन्। उनीहरूले राष्ट्रको प्रणालीको आलोचना गर्न सक्दछन् र समाजलाई अझ राम्रो ठाउँ बनाउने दिशामा परिवर्तन ल्याउन खडा हुन सक्छन्।

(लेखक घिमिरे अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रिय सदस्य हुन् !)

२६ मंसिर २०७८, आइतवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु