डिआईजी ओम अधिकारीद्वारा ईलाका प्रहरी कार्यालय लालबन्दीको निरीक्षण

195
shares

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले ईलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीको भौतिक पूर्वाधार, आन्तरिक प्रशासन र सुरक्षा व्यवस्थाको प्रत्यक्ष अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले कार्यालयको हाता, ब्यारेक, मेश, हिरासत कक्ष, तथा महत्वपूर्ण कागजातहरूको सुक्ष्म अवलोकन गर्नुभयो।

निरीक्षण पश्चात् कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै डिआईजीले नागरिकलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रवाह गर्न र स्थानीय शान्ति सुरक्षालाई थप मजबुत बनाउन, अपराध नियन्त्रण तथा अनुसन्धानमा शून्य सहनशीलताको नीति अपनाउन र समुदायसँगको समन्वयलाई अझ प्रगाढ बनाउन प्रहरी अधिकृत तथा जवानहरूलाई विशेष निर्देशन दिनुभएको छ ।


divya collage
unigloble collage