पुरुषोत्तम दाहालद्धारा लिखित पुस्तक मेरो पत्रकारिता बारे समिक्षा

Nepal Life Insurance Long Ad

काठमाडौ। नेपाल टाइम्स बाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका गुरु अर्थात पुरुषोत्तम दाहाल राष्ट्रपुकार, चर्चित रेडियो कार्यक्रम घटना र बिचार, राजधानी दैनिकको प्रधान सम्पादक र राससको अध्यक्ष तथा महाप्रवन्धक हुदा पित पत्रकारिताको उत्कृष्ठ नमुना देख्न सकिन्छ । भनिन्छ राजनिति र पत्रकारिताको सम्बन्ध नङ र मासु जस्तो सम्बन्ध हुन्छ, कुनै एकको अभावमा अर्कोको अस्तित्व सम्भव छैन । पेशागत रुपमा आ आफ्नो अस्तित्वमा रहेर काम गरे दुवै उत्कृष्ठ रहन्छ, यदि पेशामा आवद्द व्यक्ति एक अर्को प्रति निर्भर मात्र रहेर या स्वार्थ रुपले काम गरे पत्रकारितामा पित पत्रकारिताको जन्म हुन्छ ।  राजनितिमा जन आकाङ्छा घट्छ, यस पुस्तकमा पनि पत्रकार  एक राजनितिक पार्टीमा स्वार्थ पुर्ण रुपमा रहेर पित पत्रकारिताको जन्म गराए र नेपाली जनतालाई, त्यही पित पत्रकारितामा रमाउन सिकाएका थिए ।

मेरो पत्रकारिता बाट तत्कालिन समयको पत्रकारिता र राजनितिक अवस्थाको वारेमा व्यापक ज्ञान लिन सकिन्छ । हामी जस्ता भर्खर पत्रकारिता क्षेत्रमा लागी रहेकाहरुका लागि यो पुस्तक काशेढुङ्गामा सावित भएको छ।  नेपालमा प्रजातन्त्र , वहुदल अर्थात राजनितिक परीवर्तनको कालखण्डमा पत्रकारिता कस्तो थियो। राजनितिक परीवर्तनमा पत्रकारको कस्तो भुमिका थियो, लोकतन्त्रमा कस्तो भुमिका छ सजिलै थाहा पाउन सकिन्छ । पुरुषोत्तम दहालले गरेको पत्रकारिता कस्तो हो । एउटा विश्लेषणात्मक हुन सक्छ, तर उनको विद्धता, चिन्तन, ज्ञान, कर्ममा विश्वास, विश्लेषण अनुसन्धान आम पत्रकारका लागी उदाहरण बन्न सक्छ । नेपाली पत्रकारिता क्षेत्रलाई माथि उठाउन उनको पनि योगदान रहेको छ ।

मेरो पत्रकारिता पुस्तकबाट के थाहा पाउन सकिन्छ, भने राजनितिक क्षेत्रमा लाग्न पत्रकारिता एउटा औजार बन्न सक्छ । राजनितिलाई चर्चामा ल्याउन पत्रकारिताको आवश्यक पर्दछ । त्यसै गरी एउटा उदाउदो राजनितिज्ञको लागी पत्रकारिता महत्वपुर्ण बन्न सक्छ । पत्रकारिता बाट राजनितिक क्षेत्रमा लागेका ठुला व्यक्तिलाई चिन्न सकिन्छ । हो यही बाट राजनितिक भविष्य देखेको व्यक्ति राजनितिमा प्रवेश गर्न सक्छ । यस पुस्तक पढे पश्चात पुरुषोत्तम दहाल पत्रकार हुन या राजनितिज्ञ के हुन थाहा पाउन सकिदैन । उनले आफ्नो जिवनमा नेपाली कांग्रेसका लागी पत्रकारिता भरपुर उपयोग गरेको देखिन्छ । नेपाल टाइम्स हुदा या घटना विचार कार्यक्रममा पत्रकारितालाई देशको चौथो अंग मानिन्छ, तर पुरुषोत्तम दहालले गरेको पत्रकारिता बाट पत्रकारितालाई चौथो अंग कुनै पनि हालतमा माग्न सकिदैन । एकोहोरो रुपमा बिपी कोइराला, किसुन जीको पछि काग्रेसको सभामा भाषण आदि कुराले उनको पेशा के हो यकिन छैन । आज उनले गरेको जस्तो पत्रकारिता अन्य पत्रकारले गरे पत्रकारिताको अवस्था के होला । हो पत्रकार पनि कुनै राजनितिक दल प्रति भुकाव होला तर पत्रकारिता पेशामा देखिनु हुदैन ।


कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पण

२०८१ साउन २६ शनिवार

काठमाडौँ। साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह...

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

२०८० असार २४ आइतवार

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु...

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

२०८० जेठ २५ बिहीवार

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने...

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक

२०८० जेठ १७ बुधवार

काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण...

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

‘लिभरपुल’ म्यानपावरको महाठगी, मलेसिया पठाएका २८ नेपालीको कन्तविजोग !

२०७९ माघ ७ शनिवार

बेरोजगारीको मारले अहिले प्रत्येक घरका एक वा दुई जना जागिरका...

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

सुदूरपश्चिमकी हेवन उपाध्यायले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

२०७८ पुस २३ शुक्रवार

हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको हिमाल जिल्लाकाे बझाङ तलकोट गाउँपालिका-४ स्थायी...