वरुण धवनलाई भेट्न घरबाट भागिन् एक युवती

Nepal Life Insurance Long Ad

बलिउड अभिनेता वरुण धवन अभिनित फिल्म ‘अक्टोबर’ प्रदर्शन भैरहेको छ । यस फिल्मबाट वरुणले दर्शकको प्रशंसा त बटुलिरहेका छन्, त्यसका साथै समीक्षकको सकारात्मक प्रतिक्रियासमेत पाइरहेका छन् । फिल्ममा देखेका भरमै नायक नायिकाको नक्कल गर्ने त धेरै नै हुन्छन् । अझ आफूलाई मन परेका कलाकारलाई भेट्न जस्तोसुकै हर्कत गर्न तयार हुन्छन् मानिसहरु । वरुण धवनलाई भेट्न चाहने एक युवतीले त्यस्तै व्यवहार देखाएकी छिन् ।

वरुणका लागि भनेर हालै एक युवती उनकोे घर अगाडि २ दिनसम्म बसिन् । वरुणलाई नभेटी घर नजाने जिद्दी गरेर बसेकी ती युवती तबसम्म बसिन् जबसम्म वरुण स्वयम उनलाई भेट्न आएनन् । गुजरातको सुरतमा घर भएकी ती युवती वरुणलाई भेट्न भनेर घरबाट भागेर मुम्बई आएकी थिइन् ।

वरुण घरमा नभएको कुरा बारम्बार सुरक्षा गार्डले भने पनि ती युवती दुईदिनसम्म वरुणकै घर अगाडि बसेकी थिइन् । जब ती सुरक्षा गार्डले आफू वरुणलाई भेट्न आएको कुरा वरुणको घरसम्म खबर पुर्‍याएको थाहा पाएपछि ती युवती उनको घर अगाडि चिच्याउन र कराउन सुरु गरेकी थिइन ।

प्रहरी आएपछि मात्रै थाहा भयो कि ती युवती घरबाट भागेर वरुणलाई भेट्न भनेर सुरतदेखि मुम्बई आएकी थिइन् । ती युवतीका परिवारले उनी हराएको रिपोर्ट प्रहरी कार्यालयमा लेखाएका थिए । प्रहरीले समेत उनलाई त्यहाँबाट घर फर्काउन प्रयास गरे पनि ती युवती वरुणलाई नभेटी त्यहाबाट जान मानिनन् ।

फिल्म ‘अक्टोबर’ मा गरेको अभिनयबाट वरुणले दर्शकको प्रसंशा बटुले पनि फिल्मले बक्स अफिसमा भने सामान्य व्यापार गरिरहेको छ । हाल वरुण अभिनेत्री अनुष्का शर्माका साथ फिल्म ‘सुई धागा’ को छायाँकंनमा व्यस्त रहेका छन् ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...