‘अब युवा अरबमा भेडा चराउन जानु पर्दैन देशमै रोजगारी दिलाउछौ :मन्त्री विष्ट

7.72K
shares

गुल्मी । नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अघि बढ्ने बताए। गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री विष्टले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्ने बताएका थिए।

मन्त्री विष्टले भने–“एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ । ” उहाँले खान नपाएर भोकै बसि रहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने उल्लेख समेत गरे । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उहाँले भन्नु भयो,“देशमै हजारौ रोजगारी सिर्जना गरी युवालाई रोजगारी लगाउने प्रतिबद्धता व्यक्त गरे ।”


unigloble collage
baneshwor multiple campus ad -2083