हार्दिक श्रद्धाञ्जली: बलिउड अभिनेता ऋषि कपूर

10.45K
shares

काडमाडाैं :  बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

बिबिसी हिन्दीले कपुरको ६७ बर्षको उमेरमा निधन भएको जनाएको छ। त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन्।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे।  कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए।

उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए।
भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ। हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083