छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
वि.सं.२०७७ साउन ९ शुक्रवार १८:२७
8.97K
shares
shares

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा गएराती एक पुरुष आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका– ५ कञ्चनपुरका ४० वर्षीय पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए । बालिका कराएपछि परिवारका अन्य सदस्यले बलात्कार गरेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।
घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपीलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले बताए ।
इलाका प्रहरी कार्यालय बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच गरेको र दोषीमाथि छानबिन गरी कारवाही गर्नेकाम भइरहेको जनाएको छ ।


















