राम मन्दिर भूमि पूजामा प्रतिबन्ध लगाउन माग, उच्च अदालतमा रिट

9K
shares

इलाहाबाद– अयोध्यामा राममन्दिर निर्माणको लागि अगस्त ५ मा प्रस्तावित भूमि पूजामा प्रतिबन्ध लगाउन माग गर्दै बिहीबार इलाहाबाद उच्च अदालतमा निवेदन परेको छ । दिल्लीका साकेत गोखलेले इलाहाबाद उच्च अदालतका मुख्य न्यायाधीशलाई पीआईएल पठाएका हुन् ।

पीआईएलमा भूमि पूजा कोभिड १९ को अनलक–२ को मार्गनिर्देशनको उल्लंघन गरिएको उल्लेख छ । तीन सय मानिसहरू भूमि पूजामा भेला हुनेछन्, जुन कोभिडको नियमको बिरूद्ध हुनेछ।

निवेदन मार्फत भूमि पूजा कार्यक्रममा प्रतिबन्ध लगाउन माग गरिएको छ। उक्त कार्यक्रम कोरोना संक्रमणको जोखिम बढाउने अनुमान गरिएको छ । यूपी सरकारले केन्द्रको दिशानिर्देशहरू छुट गर्न नसक्ने पनि निवेदनमा उल्लेख छ ।

प्रधान न्यायाधीशले पीआईएलको रूपमा पत्र याचिका सुनेपछि कार्यक्रममा प्रतिबन्ध लगाउन भनिएको छ। साकेत गोखले धेरै विदेशी अखबारमा काम गरिसकेका छन् र सामाजिक कार्यकर्ता पनि हुन्।

यद्यपि रिट सुनुवाईका लागि मुख्य न्यायाधीशले अनुमोदन गरेको छैन। राममन्दिर ट्रस्टको साथमा केन्द्रीय सरकारलाई पनि यस रिट पक्ष बनाइएको छ। एजेन्सी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083