तत्काल परीक्षा नगर्न परीक्षा बोर्डको निर्देशन

8.94K
shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्ने जोखिम रहेकाले सरकारले परीक्षा सञ्चालन तत्काल सञ्चालन नगर्न यस्तो निर्देशन दिएको छ ।

‘कोभिड–१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नू नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले शुक्रबार सूचना जारी गर्दै भनेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083