प्रधानमन्त्री, कानूनमन्त्री र पुर्व सभामुखको आयो यस्ताे कोरोना रिर्पोट
वि.सं.२०७७ साउन २३ शुक्रवार २१:५४
11.95K
shares
shares

काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
आज बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेको पनि रिर्पोट नेगेटिभ आएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान उनीहरुसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।
सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताए ।






























