बेलायतद्वारा नेपाललाई ४ करोड ५८ लाख पाउन्ड सहयोग

6.59K
shares

काठमाडौँ : कोभिड–१९ विरुद्धको प्रयासमा बेलायत सरकारले नेपाललाई चार करोड ५८ लाख मिलियन स्टर्लिङ पाउन्डको सहयोग प्याकेजको घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदबीच बिहीबार भएको भिडियो छलफलमा बेलायती मन्त्रीले उक्त सहयोग प्याकेजको घोषणा गर्नुभएको हो ।

त्यस अवसरमा बेलायती मन्त्रीले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकासजस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार इच्छुक रहेको बताउनुभएको अर्थमन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा कोभिड विरुद्धको नेपालको प्रयासमा सहयोगका लागि धन्यवाद दिँदै अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गर्न बेलायती लगानीकर्ता उत्सुक रहेको भन्दै त्यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्नुभयो ।

अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री डा. खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्नेगरी सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐनलगायतका कानुन निर्माण गरिएको बताउनुभएको हो ।

उहाँले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुई सय वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानीजस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो । अर्थमन्त्रीले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्नेगरी प्रस्ताव गरेकामा खुसी व्यक्त गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083