पाल्पा र स्याङ्जामा पहिरो जाँदा १४ जना पुरिए
वि.सं.२०७७ असोज ८ बिहीवार ०९:२८
5.55K
shares
shares

File photo
काठमाडौं । स्याङ्जाको वालिङ् नगरपालिका १४ तमादीमा पहिरो जादा एकै परिवारका ८ जना पहिरोमा पुरिएका छ्न । स्थानीय माया नेपालीको घर पुरिएको हो । पहिरोमा परि एकजनाको ज्यान गएको र एकजना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए। पहिरोमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेको एसपी बोगटीले बताए ।
त्यस्तै पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ६ जना बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोमा परेर दुई घर पुरिएको प्रहरीले जानकारी दिएको छ । तीनदिनदेखि परेको अविरल पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको छ ।































