आज पनि वर्षा जारी रहने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०७७ असोज ९ शुक्रवार ०७:४६
7.62K
shares
shares

काठमाडौं – आज शुक्रवार पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
































