इमान्दारीता र अभावको सागर सुकुम्बासी वस्ती

12.74K
shares

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनले धेरै देशको अर्थतन्त्र धरासायी बन्यो । नेपाल जस्तो अल्पविकशीत मुलुकको अवस्था पनि दयनीय भयो । धेरै मानिसहरु रोजगारबाट बिमुख हुन पुगे । लगातार लकडाउनले गरिब तथा धनाड्य परिवारमा समेत समस्या बढ्दै गयो ।
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरको विजोग अवस्था त यत्रतत्र सडकमा देख्यौँ । धेरै सामाजिक संस्था तथा सामाजिक अभियान्ताहरुले असहाय, अपाङ्ग, रोजगारविहीनहरुलाई सक्ने सहयोग गरे । जुन आजसम्म पनि फुड बैंक, खाना खुवाउने अभियान सन्चालन गरी सहयोग गरिरहेका छन । देशका धेरै ठाउँमा हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔं अभियान सन्चालन भयो । काठमाडौं पनि उक्त अभियान हालसम्म पनि सन्चालन छ । जुन अभियानको एक सदस्य रहेर म आफै पनि सक्रिय छु । विभिन्न ठाउँमा नहुनेहरुलाई खाद्यान्न सहयोग भयो । लक्षित बर्गको घरघरमा पुगेर खाद्यान्न सहयोग आजसम्म पनि भइरहेको छ ।
खाद्यान्न वितरणकै क्रममा फुड बैंक, काठमाडौंले लक्षित वर्ग सुकुम्बासी वस्ती पनि हुन सक्ने निर्योल गर्यो । भाद्र २८ गते सुकुम्बासी वस्तीमा रहेका असहाय, अपाङ्ग, रोजगारविहिन ७० परिवारमा सहयोग पनि गर्यो । जुन सहयोग गर्नुअघि सुकुम्बासी वस्तीका ५०० परिवार मध्ये हाम्रो अभियानको लक्षित वर्ग ७० परिवार पहिचान गर्न कष्टकर थियो । त्यहि परिवेशमा आधारित रहेर करिब दुई घण्टाको अवथिमा वस्तीमा देखिएका परिदृष्यहरु यहाँ समावेश गरिएको छ ।
लकडाउनमा सुकुम्बासी वस्तीको हालत के होला ? अवस्य हाम्रो स्लोगनको नहुनेले लिएर जाआंैको केन्द्रविन्दु सुकुम्बासी नै हुनुपर्छ भन्ने ठानेर काठमाडौं फुड बैंकले बाग्मति किनारमा रहेको सुकुम्बासी वस्तीमा जाने निर्णय गर्यो । हामीले राहत दिने मात्र ७० परिवार थियो । केहि उत्सुकता, केहि कौतुहलता, केहि असहज मान्दै ५०० सुकुम्बासी बस्तीका अत्यन्त कठिन, कष्टकर परिवार पहिचान गर्न म र मेरो साथि सुकुम्बासी वस्ती लाग्यौँ ।
अन्योल भयो, ५०० भन्दा बढि सुकुम्बासी वस्तीको ७० कष्टकर गुजारा चलाइरहका परिवार कसरी खोज्न सकिन्छ । १० मिनेट बाटैबाटो सुकुवासी वस्ती चाहायौँ । यथेस्ट जानकारी नै नभएको सुकुम्बासी वस्तीमा ७० परिवार खोज्नु चानचुने कुरा थिएन । १० मिनेटको गोलचक्करबाट अन्त्यमा एक जो हेर्दा अपत्यार लाग्दा युवकलाई हाम्रो अभियानको बारेमा भन्यौँ । सुकुम्बासी वस्तीकै ति युवकले हाम्रै अगाडी कुरा गर्दागर्दै गोजिबाट चुरोट सल्काए, हाम्रो कुरा बालुवामा पानी मात्र मिल्ने जस्तो सोच्यौं । स्वभाविक पनि थियो । युवकको कपाल लामो, रातो लगाएको, पाइन्ट च्यातिएको थियो । जो कोहिले प्रथम पटक भेट्दा सोच्ने त्यहि थियो । अर्को युवक हाम्रो कुरामामा सामेल भए । उक्त युवक हेर्दा पहिलो युवक झै देखिन्थे । हाम्रो अभियानको ७० परिवार खोज्न सकिदैन झै लाग्यो । हामीले कुरा गर्दागर्दै दुईमध्ये एक युवाले विचैमा कुरा काटे । ‘दाई ५०० परिवार छन । ५०० परिवार मध्ये सबै खाना, लाउन नपाएका पनि छैनन । कसैको अवस्था भने नाजुक पनि छ ।’ मन प्रसन्न भयो । हामीले लक्षित ७० परिवार पाउने भयौ झै लाग्यो । हाम्रो अभियानको खाद्यान्न सहि ठाउँमा जाने जस्तो भयो, अर्को मनमा धोरै अविस्वास पनि थियो ।
सानो सानो गल्ली, एक पटक वस्तीभित्र छिरेकाहरु अर्को पटक छिर्दा बाटो विर्सने, अत्यन्त कष्टकर गल्ली, हिड्दा समेत घरको छानाले ठोकिन्छ कि भन्दै टाउको निहुरीएर हिड्नुपर्ने, भित्र केहि पसल, एकतिर वाग्मति अर्कोतिर बाटोको बिचमा सुकुम्बासी वस्ती थियो । युवाकै विश्वासमा हामी सुकुम्बासी वस्ती छिर्यौँ ।
युवकले हामीलाई एक बुढि आमाको घर पुर्याए । एकल महिला, लकडाउनले रोजगार गुमाएको आमाको पिडा एकछिन सुन्यौँ । वस्तीको कहाली लाग्दो दृष्य हेर्दै एक प्यारालाइसिस बुवाको घर भित्र छियौँ । सामान छरपस्ट थियो, खाटमा बेसाहारा बनेर लडिरहनु भएको अवस्था देख्दा आँखा रसायो । उहाँको दुखको कुरा एकछिन सुन्यौँ । अर्को घरमा पुग्यौँ, जहा एकजना एकल वुवा हुनुन्थ्यो । समाजमा उहाँलाई रामु काका भनिदो रहेछ । रोजगारविहीन रामु काकाको न छोराहरु थिए, न आफन्त नै । कष्टकर जीवन विताइरहनु भएका रामु काकाको व्यथा एकछिन सुन्यौ । एवम् रुपले दुखदायी र पीडादायी अवस्था भोगिरहेका परिवारको नाम ति दुई युवकको सहयोगमा टिप्यौँ ।
नाम टिपाउदै गर्दा धेरै परिवारहरु हामीमाझँ आउनुभयो । नाम लेख्ने नलेख्ने सम्पुर्ण जिम्मेवारी ति युवकलाई दिएका थियौँ । युवाहरुले आफै कष्टरत परिवारको नाम लेख्दिनु भन्थे भने खान, लाउन भएका परिवारलाई सम्झाएर पठाइदिन्थे ।
मानिसको बहिरी आवरणले मात्र कुनै व्यक्तिप्रति धारणा बनाउनु गलत रहेछ । आजको समयमा हामी मानिसको वाहिरी आवरण हेरेरै धारणा बनाउछौं । हामीले भेटको ति दुई युवकहरु इमानदारीताको उदाहरणका पात्र थिए । करिब दुई घण्टाको अवधिमा हाम्रो सोचाईमा युवाहरुले काम गरेरै परिवर्तन गराइदिए । समाजमा यस्ता उदाहरणीय युवकहरु पनि हुन्छन भन्ने कुरा नजिकबाट बुझियो । बिना स्वास्र्थ समाजका लागि जिम्मेवार वहन गर्ने व्यक्ति यो समाजमा धेरै कम होलान । हार्दिक नमन छ ति युवाहरुलाई
राजतन्त्रात्मक निर्दलीय पञ्चायती व्यवस्था देखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुग्दा आधा दर्जन जती सुकुम्बासी समस्या समाधान आयोग बने । त्यस्ता आयोगहरु भूमिहिन सुकुम्बासीहरुका समस्याहरुलाई हल गर्ने भन्दा पनि व्यवस्थालाई टिकाउन वा आफ्नो पार्टीको सरकार भएको बेला भूमिहीन सकुम्बासीहरुको पक्षमा केही काम गरेको जस्तो देखाएर आयोगमा राजनीतिक दलहरु निकटका व्यक्तिहरुलाई मात्र नियुक्ति गर्ने ध्येयले सुकुम्बासी समस्या जटिल बन्दै गइरहेको छ ।
अनि जब चुनाव आउछ, तब सुकुम्बासी समस्याबारे बाहिर आउने गर्छ । देशैभरका सुकुम्बासी वस्तीहरुलाई सहि ठाउँमा स्थान्तरणको कुरा आउछ । लालपुर्जा दिने कुरा आउछ । विभिन्न लोभ, लालच देखाउदै सुकुम्बासी छिर्ने नेताहरु चुनावपश्चात ५ बर्षसम्म्का लागि बिदा भएर जान्छन । अर्कौ चुनावमा पनि सुकुम्बासी समस्या जहाँको त्यहि रहन्छ । हरेक नेताको लागि सुकुम्बासी वस्ती एउटा भोट बैक मात्र बन्न पुग्छ । जसले आफ्नो सुनौलो जिवनका लागि नेताको विश्वास गरेर भोट दिएका हुन्छन ।
सामाजिक अभियान्ताहरु केहि दिन र केही समयका लागि मात्र हुन । जसले धोरै धोरै आर्थिक जम्मा गरेर सहयोग गरेका हुन्छन । तर ति प्रत्येक सुकुम्बासी वस्तीका जनप्रतिनिधिहरुसँग आर्थिक रुपमा शशक्त हुन्छन । रोइरहको वस्तीलाई आँशु रोक्न सक्ने हुन्छन । विडम्वना हाम्रो केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय सरकार, जनप्रतिनिधि भ्रष्टचारमा चुर्लम्म डुबुल्कि मार्न व्यस्त छन । आफ्नो परिवारको सुनौलो जिवन देख्न मस्त छन ।
आजको कष्टमय समयमा अभावको सागर रहेको वस्तीमा अभिभावकको खाँचो छ । सुकुम्बासी वस्तीलाई व्यवस्थित गर्ने तथा लालपुर्जा वितरण गर्ने कार्य ढिलो भइसकेको छ । तर तत्कालका लागि वस्तीमा जोखिम अवस्थामा रहेका परिवारको खान, लाउन सरकारले ग्यान्टि गर्नुपर्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083