जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी तुलबहादुर कार्कीद्वारा पदभार ग्रहण

3.64K
shares

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका नवनियुक्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले पदभार ग्रहण गर्नु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको मिति २०८३।०२।१८ गतेको पत्रअनुसार सरुवा भई आउनुभएका एसएसपी कार्कीले आज जिल्ला प्रहरी परिसर ललितपुरको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहणपछि एसएसपी कार्कीले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवामा विशेष ध्यान दिँदै प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

अनुभवी तथा व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित एसएसपी कार्कीको आगमनसँगै जिल्ला प्रहरी परिसर ललितपुरको कार्यसम्पादन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083