उत्कृष्ट नतिजा र आधुनिक शिक्षाको संगम : Everest College

काठमाडौंमा गुणस्तरीय शिक्षाको पर्याय बनेको Everest College

1.14K
shares

काठमाडौं । गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आएको Everest College राजधानीका उत्कृष्ट शैक्षिक संस्थामध्ये एक महत्त्वपूर्ण शैक्षिक संस्थाकाे रूपमा स्थापित हुँदै गएको छ। काठमाडौंको थापाथलीमा अवस्थित यस कलेजले हजारौं विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सीप, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउँदै आएको कलेजमा +२ तहअन्तर्गत व्यवस्थापन (Management) तथा स्नातक (Bachelor) तहमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीकेन्द्रित सिकाइ वातावरणका कारण कलेजले विद्यार्थी र अभिभावकहरूको उच्च विश्वास हासिल गर्न सफल भएको छ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) विष्णुहरि पाण्डे तथा प्रिन्सिपल यादव जंगध्वज कार्कीको दूरदर्शी नेतृत्व र समर्पित व्यवस्थापन टोलीको प्रतिबद्धताले संस्थालाई शैक्षिक उत्कृष्टताको नयाँ उचाइतर्फ अग्रसर गराएको कलेज प्रशासनको भनाइ छ। कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अतिरिक्त क्रियाकलापलाई समेत विशेष प्राथमिकता दिँदै आएको जनाएको छ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको कलेजले शैक्षिक, सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। यही कारण Everest College गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूको रोजाइको शैक्षिक गन्तव्य बन्दै गएको छ।

कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित वातावरण, दक्ष शिक्षक तथा आधुनिक शिक्षण प्रणालीको संयोजनले Everest College लाई राजधानीको एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ। भविष्यमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता कलेजले व्यक्त गरेको छ।

 


divya collage
unigloble collage