विद्यार्थीको पहिलो रोजाइ बन्दै Nepal Mega College

Nepal Mega Collage : गुणस्तरीय शिक्षाको भरोसायोग्य गन्तव्य

962
shares

काठमाडौं ।  गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आएको नेपाल मेघा कलेज (Nepal Mega College) राजधानीका अन्य शैक्षिक संस्थामध्ये एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको छ। काठमाडौंको बबरमहलस्थित यस कलेजले हजारौं विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सीप, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउने कलेजमा+२ तहअन्तर्गत साइन्स (Science), म्यानेजमेन्ट (Management), Law,  संकायका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति र विद्यार्थी केन्द्रित सिकाइ वातावरणका कारण कलेजले अभिभावक तथा विद्यार्थीहरूको उच्च विश्वास हासिल गरेको छ।

उक्त कलेजका अध्यक्ष गोपाल खनालको दूरदर्शी नेतृत्व र समग्र नेतृत्व टिमको शैक्षिक प्रतिबद्धताले संस्थालाई शैक्षिक उत्कृष्टताको दिशामा अग्रसर गराएको बताइएको छ। कलेजले शैक्षिक उपलब्धिलाई मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको कलेजको दाबी छ। कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल मेघा कलेज एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको कलेजले भविष्यमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।


divya collage
unigloble collage