प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति नेपाल पहरी विकास संघको आपत्ति

निर्णय सच्याउन माग

3.84K
shares

काठमाडौं । प्रतिष्ठान तथा गुम्बा विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति नेपाल पहरी विकास संघले आपत्ति जनाएको छ। संघका अध्यक्ष आत्माराम पहरीले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानमा असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

संघले प्रतिष्ठान र गुम्बा विकास समितिहरूले लामो समयदेखि भाषा, संस्कृति, परम्परा, धार्मिक सम्पदा संरक्षण तथा समुदायको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ।

अध्यक्ष पहरीले यस्ता संस्थाहरूलाई खारेज गर्नुको सट्टा अझ व्यवस्थित, प्रभावकारी र सशक्त बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सम्बन्धित समुदायसँग पर्याप्त छलफल नगरी गरिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन्।
नेपाल पहरी विकास संघले सांस्कृतिक सम्पदा संरक्षण र समुदायको अधिकारका विषयमा आफ्नो निरन्तर पहल रहने समेत जनाएको छ।

(विज्ञप्ति सहित)


divya collage
unigloble collage