स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित कम्प्युटर तथा लेखा तालिमको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

1.2K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), बानेश्वर बहुमुखी क्याम्पसद्वारा सञ्चालित तीन महिने निःशुल्क कम्प्युटर प्रशिक्षण तथा ४५ दिने लेखा (Accounting) तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यता तथा स्ववियू अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख डा. केदार न्यौपाने, सहायक क्याम्पस प्रमुख रामेश्वर काफ्ले, कम्प्युटर तालिमका प्रशिक्षक सञ्जय घिमिरे तथा लेखा तालिमका प्रशिक्षक CA अच्युत कोइरालालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले विद्यार्थीको शैक्षिक ज्ञानसँगै व्यावहारिक तथा प्राविधिक सीप विकासमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले विद्यार्थीलाई समयअनुकूल सीप र दक्षता हासिल गर्न निरन्तर प्रेरित हुन आग्रह गर्नुभयो।

त्यस्तै, स्ववियू अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थीको आवश्यकता र मागलाई ध्यानमा राख्दै स्ववियूले निःशुल्क सीपमूलक तथा व्यावहारिक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीको क्षमता अभिवृद्धि र रोजगारीमुखी सीप विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा तीन महिने कम्प्युटर प्रशिक्षण तथा ४५ दिने लेखा तालिममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमले विद्यार्थीहरूलाई कम्प्युटर तथा लेखा सम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन्।

कार्यक्रममा स्ववियूका पदाधिकारी तथा सदस्यहरू, प्रशिक्षकहरू, विद्यार्थीहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यार्थीको सीप, क्षमता र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको प्रमाणपत्र वितरणसँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।


divya collage
unigloble collage