बलात्कारीलाई फाँसीको मागगर्दै अनेरास्ववियूू द्वारा प्रदर्शन
वि.सं.२०७७ असोज १० शनिवार २२:३१
shares

काठमाडौ । अनेरास्वयूका सह-संयोजक रन्जित तामाङले संविधान संसोधन गरेर भएता पनि बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने बताएका छन् । आज माईतीघर मण्डलामा बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै सह-संयोजक तामाङले भने,”बलात्कार वा बलात्कारीपछि हत्या गर्नेलाई अब राज्यले कडा कनून ल्याएर उक्त कानुनलाई तत्काल कार्यन्वयनमा ल्याउनु पर्छ ।”
सह-संयोजक तामाङले सरकारले पछिल्लो समयमा जसरी एसिड प्रहार गर्नेलाई कडा कानुन ल्यायो त्यो राम्रो काम गरेको बताउदै अब सरकारले बलात्कारीहरुलाई पनि फाँसी हुने कानुन ल्याउनु पर्ने दाबी गरेका थिए ।
उक्त विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउन अनेरास्ववियूका नेत्री आरती लामा, नेता प्रसुन कार्की, श्याम रोक्का, उपदेश यादब निर्ग नविन निरज श्रेष्ठ, भुमिराज अधिकारी,पुजा कडेल, दिपा जैशी, मनिषा कार्की, लक्ष्मी केसी, सुजन बानिया त्यसै गरी अन्य संगठनका नेता जागृत रायामाझी , मदन अर्याल बसन्त बोगटी लगाएतको उपस्थीति रहेको थियो ।


































