वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’को निधन

9.01K
shares

काठमाडौं । वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’को निधन भएको छ।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या झेल्दै आएका कुँवरको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा निधन भएको हो। कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। उनलाई अन्तिम समयमा निमोनिया समेत भएको थियो।

विसं २०११ देखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालमा आफ्नै नेतृत्वमा चितवनमा प्रगतिशिल पार्टीको सुरूआत गरेका थिए। पछिल्लो पटक उनी नेकपाको केन्द्रीय सल्लाहकार भएका थिए।

उनको शव भरतपुर–६ केशरबागमा रहको निवासमा लगेपछि मंगलबार नै अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। उनको अन्तिम संस्कारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083