प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे-रावल

Nepal Life Insurance Long Ad

मुगु — संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओली पाप पखाल्न पशुपति पुगेको नेकपा दाहाल(नेपाल समूहका नेता भीम रावलले आरोप लगाएका छन् ।

नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आरोप लगाएका हुन् । गमगढीमा मंगलबार दाहाल(नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताए ।

ुसंसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,ु रावलले भने,ु तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् । ु

ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्‍न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

ुकोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्रीको कुनै चासो देखाएन अहिले जनतालाई कोरनाविरुद्ध खोप चाहिएको छ,ु नेता रावलले भने,ुत्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् । ु

प्रधामन्त्री ओलीले भ्रष्टचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्रष्टचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको उनले बताए ।

१४ माघ २०७७, बुधवार ०९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु