७० वर्षे उमेरहद खारेज गर्ने निर्णयको बचाउमा एमाले महासचिव शंकर पोखरेल

3.25K
shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउमा उत्रेका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षे उमेरहद हटाउने पार्टीको निर्णयको बचाउन गरेका हुन् । महासचिव पोखरेलले ७० वर्षे उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्न नहुने बताए ।

नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका लागि ७० वर्षे उमेर हद हटाइएको उनले स्पष्ट पारे ।

उहाँले भन्नु भयो, ‘नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा हामीले स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनु पर्ने विषय नै होइन । नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रूपमा नेकपा एमाले छ ।’

महासचिव पोखरेलले विकास र समृद्धिको लागि एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताए । उनले भारतले नयाँ संसद् भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना देखिएको बताएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083