एनसेलको सेयर खरिद-बिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

Nepal Life Insurance Long Ad

काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ ।

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

1

2

२१ मंसिर २०८०, बिहीवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु