ज्यान सम्बन्धी कसूर अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम” आठौं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर २१ बिहीवार १८:३४
6.31K
shares
shares

काठमाडौ । २०८० मङ्सीर १ गते देखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा संचालन भएको “ज्यान सम्बन्धी कसूर अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम” आठौं समुहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षीत भई जाने २ जना महिला सहित प्र.उ. १, प्र.ना.उ.-२, प्र.नि.-०७, प्र.ना.नि. -२ र प्र.स.नि.-१२ जना गरी जम्मा २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना सहित निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।
साथै, उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. श्री बेल बहादुर पाण्डे, प्र.ब.उ. गोपाल चन्द्र भट्टराई, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.ब.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो भने तालिम संयोजक प्र.उ. दिलिप घिमिरेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तस्वीरमा हेर्नुहोस्National Police Academy बाट साभार




































