“प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३७ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न”
वि.सं.२०८० मंसिर २१ बिहीवार १८:५०
6.8K
shares
shares

काठमाडौ । २०८० मङ्सीर ०४ गते देखि सञ्चालन भएको १६ कार्य दिन अवधिको प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३७ औं समूहको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमूख आतिथ्यमा आज तालिम समापन भएको छ ।
कार्यकारी निर्देशकले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण एवं उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत गर्नु भएको थियो । निर्देशनको क्रममा प्रमूख अतिथीले प्रशिक्षक प्रशिक्षण तालिमले प्रशिक्षार्थीहरुको सर्वाङ्गीण विकास गर्नुको साथै एक उत्कृष्ट प्रशिक्षकमा हुनुपर्ने गुणहरुको समेत विकास गर्ने कुरा उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक ने.प्र.अ.अ. विद्यालयका प्रधानाचार्य, सह-निर्देशकहरु लगायत अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको उपस्थिति रहेको थियो । उक्त तालिममा प्रहरी नायव उपरीक्षक १ र प्रहरी निरीक्षक २३ गरी जम्मा २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्





























