उदयपुर जिल्ला वेलका नगरपालिका ७ नम्बर वडामा अस्थाई प्रहरी पोष्टकाे स्थापना
वि.सं.२०८० चैत ३ शनिवार १७:४६
3.82K
shares
shares

उदयपुर । उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं ७ मा अस्थाई प्रहरी पोष्टकाे स्थापना भएकाे छ ।
वेलका नगरपालिकाका प्रमुख अशोक कुमार कार्कीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापाकाे विशिष्ट आतिथ्यतामा अस्थाई प्रहरी पोष्ट मैनामैनी उदयपुरको स्थापना भएकाे हाे ।

उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु लगायत स्थानीयवासी, संचारकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
































