महिला विरुद्द हुने कसुर सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
राैतहट । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा बाल विवाह ,बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्द हुने कसुर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
रौतहट जिल्ला कटहरीया नगरपालिका ५ नम्बर वडा कटहरीया बजार स्थित विवाह मण्डप भवनमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आयोजित “ बाल विवाह ,बहु विवाह, दाईजो प्रथा लगायत महिला विरुद्द हुने कसुर ” सम्बन्धी जनचेतना कार्यक्रम भएको हाे ।
प्रहरी नायव उपरीक्षक एलिजा गिरी कटहरीया नगरपालिकाका पालिका प्रमुख ,उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रममा स्थानीय भद्रभलादमी,संचारकर्मी र विशेष गरी सोही नगरपालिकाभित्र बसोबास गर्ने महिला,वालिका,जेष्ठ नागरीक र विभिन्न विद्यालयका विधार्थी, शिक्षक, शिक्षिका तथा अभिभावकहरुको सहभागितामा बाल विवाह, बहु विवाहको परिचय,असर र कानुनी व्यवस्थाको बारेमा जानकारी गराउँदै दाईजो लिनु र दिनु अपराध हो , छोरीलाई शिक्षाबाट बन्चित नगरौं छोरी शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने जस्ता अन्य महिला विरुद्ध हुने कसुरको बारेमा जनचेतना कार्यक्रम सम्पन्न भएकाे थियाे ।
३ चैत २०८०, शनिवार १९:३१ बजे प्रकाशित