प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.काे प्रमुख आतिथ्यतामा विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न
हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.काे प्रमुख आतिथ्यतामा विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रहरी उपरीक्षक ईश्वर थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग भौत्तिक पूर्वाधार महाशाखा सरुवा भएका हुन् ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ले फूलमाला, खादा र मायाको चिनो प्रदान गरी प्रहरी उपरीक्षकज्यूलाई प्रहरी संगठनको निति तथा हितमा रहेर काम गर्नु पर्ने बताउँदै आगामी दिनहरु सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा प्रदान गरी आगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
३ चैत २०८०, शनिवार २२:१७ बजे प्रकाशित