लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
वि.सं.२०८१ पुस २८ आइतवार १८:५८
shares

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीकाे प्रमुख आतिथ्यतामा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा त्रियुगा नगरपालिका वडा नं. ०६ लालपत्तामा “लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे।
प्रहरी उपरीक्षक हरिहर नाथ योगीको अध्यक्षता र त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष, जनप्रतिनिधिहरु, अभिभावक, स्थानीय युवा र श्री मा.वि. पात्लेबासमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु समेत गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कार्कीले लागूऔषधको परिचय, कारण, असर, बच्ने उपाय र कानूनी प्रावधान सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि त्रियुगा नगरपालिकाले गरेका प्रयास साथै लागूऔषध न्यूनीकरणको लागि प्रहरी मात्र नभई प्रत्येक नागरिकले समेत आ-आफ्नो तवरबाट बहन गर्नुपर्ने जिम्मेवारी सम्बन्धमा संक्षिप्त मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले उदयपुर जिल्लामा लागूऔषधको विद्यमान अवस्था, सो को न्यूनीकरणको लागि अभिभावक, युवा र विद्यार्थीहरुको भूमिका र लागूऔषध दुर्व्यसन न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरद्वारा गरिएका प्रयासहरु सम्बन्धमा जानकारीमूलक मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
































