प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यतामा हतियार सुरक्षा र पोशाक प्रयोग सम्बन्धी विशेष अनुशिक्षण सम्पन्न

2.26K
shares

काठमाडौ। प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतको प्रमुख आतिथ्यतामा हतियार सुरक्षा र पोशाक प्रयोग सम्बन्धी विशेष अनुशिक्षण सम्पन्न भएको छ।

विशेष अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरू प्रति हरेक निकायको ध्यान पुग्ने हुँदा उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर कार्यसम्पादन गर्न र आफुले सिकेका ज्ञान अन्य प्रहरी कर्मचारीहरूलाई सिकाउनु हुन निर्देशन दिनुभयो ।

नेपाल प्रहरीको कारवाहीको क्षमता (Operational Capacity) दुरूस्त राख्न प्रत्येक प्रहरी कर्मचारीहरूमा संगठनले उपलब्ध गराएका आधारभूत स्रोत साधनहरू (Basic Resources) उचित सम्भार र प्रहरी कारवाहीको सिलसिलामा तिनको विवेकसम्मत उपयोग गर्ने आधारभूत ज्ञान हुनु पर्ने साथै प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नु पर्ने उद्देश्यका साथ काठमाडौ उपत्यका कार्यलय मातहतका जम्मा ४२ जना जुनियर अधिकृत सम्मका प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा हतियार सुरक्षा र पोशाक प्रयोग सम्बन्धी १ (एक) दिनको विशेष (Induction) अनुशिक्षण सम्पन्न गरिएको हाे। ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्‍ठ उपरीक्षक शेखर खनाल, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083