नेपाल प्रहरी ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकाे आयाेजनामा (Tea With Team)” कार्यक्रम सम्पन्न

4.69K
shares

ईटहरी।   “सहकर्मीहरुसँग एक कप चिया (Tea With Team)” कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको सभाहलमा “सहकर्मीहरुसँग एक कप चिया (Tea With Team)” कार्यक्रम संञ्चालन भएको हाे ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन, थप सामुहिक भावनाको विकास गराउन, सबै दर्जाका प्रहरी कर्मचारीहरुमा भ्रातृत्व भाव जगाउन,प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा आत्म-प्रेरित र काम गर्ने वातावरण सिर्जना गर्ने उदेश्यले भएको कार्यक्रममा प्रहरी कर्मचारीले आ-आफ्नो प्रतिभा प्रश्तुत गर्नुका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको बिचमा प्रहरी संग सम्बन्धित हाजिरि जवाफ कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक विनोद धिमिरे, सिनियर प्रहरी अधिकृतहरु लगायत ४६ जना ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083