नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

4K
shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई शुक्रबार गृह मन्त्रालयमा आयोजित समारोहमार्फत दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन्।

यसअघि शुक्रबारै बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। तत्कालीन आईजीपी थापा भदौ १८ गते अवकाशमा गएपछि सो पद रिक्त बनेको थियो।

तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। तीन दशकभन्दा लामो सेवाकालपछि सर्वोच्च पदमा पुगेका खापुङले जिम्मेवारी बहन गर्दै इमान्दारीपूर्वक कर्तव्य पालन गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोहमा उनले प्रहरीको आलोचना हुने अवस्थालाई सुझावको रुपमा ग्रहण गर्दै संगठनलाई अझ पेशागत र जनमुखी बनाउन प्रतिबद्ध रहने बताएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083