झाडु लगाएर उपाध्यक्ष डा. लामाले गरे लुम्बिनीको नियमित सरसफाइ अभियानको सुरुवात

2.57K
shares

लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले शनिबार लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको इ-रिक्सा मार्फत अवलोकन गरेका छन्। लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष डा. लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गरेका छन् ।

अवलोकनका क्रममा उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित सरसफाइ अभियानको शुभारम्भ गर्दै झाडु लगाएर अभियानको सुरुवात समेत गरेका हुन् । लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र  सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरेका छन्।

गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता बाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा आफै कार्यालयको नियमित कामको स्थलगत काममा फर्किएका हुन् ।

लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताएका छन् । उनले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083